दफा १४२
तारिखमा बस्नु नपर्ने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह,संवैधानिक निकाय वा अदालत बादी वा प्रतिबादी भएको मुद्दामा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, संवैधानिकनिकाय वा अदालतको तर्पmबाट अदालतमा उपस्थित भई तारिखमा बस्नु पर्ने छैन।


तर मुद्दाको प्रमाण परीक्षण गर्दा, सुनुवाई गर्दा वा अदालतले उपस्थित हुन भनी आदेशदिएको दिन नेपाल सरकार, संवैधानिक निकाय वा अदालतको प्रतिनिधित्व गर्न सरकारी वकिल र प्रदेश सरकार वास्थानीय तहको प्रतिनिधित्व गर्न प्रचलित कानून बमोजिम तोकिएको वा खटिएको वकिल उपस्थित हुनु पर्नेछ।